काठमाडौं कांग्रेसका लाेकप्रिय नेता थापा संगठन विभागमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संगठन विभागको सदस्यमा काठमाडौंका शंकर थापालाई मनोनीत गरेका छन् ।

सभापति देउवाले आइताबर विभागको सदस्यमा थापालाई मनोनीत गरेका हुन् । थापा काठमाडौं कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।

संगठन विभागको संयोजकमा यसअघि नै सभापति देउवाले गोपालमान श्रेष्ठलाई मनोनीत गरेका थिए ।

Published : Monday, 2020 August 10, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया