कांग्रेसका वडाध्यक्षहरूले भने, ‘पोखरामा कोरोना रोकथाममा कम्युनिस्टहरू असफल’

पोखरा । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित ११ वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेद्वारा सोमबार जारी विज्ञप्तिमा महामारीका बेला कम्युनिस्ट सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

महामारीका कारण भयावह अवस्था सृजना भएको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारको मुख ताक्नुभन्दा आफै सुरक्षित रुपमा रहनुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तिमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, कुनै कार्यक्रम नगर्न, भिडभाड नगर्न, व्यापार व्यवसाय गर्दा सेनिटाइजर प्रयोग गरी भौतिक दुरी अपनाउन, साबुन पानीले नियमित हात धुन र मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।

पोखरामा १ सय ४७ जना संक्रमित भैरहँदा आइसोलेशन वार्डमा थप बेड व्यवस्था गर्न आग्रह गरिएको छ ।

Published : Monday, 2020 August 10, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया