वरिष्ठ व्यवसायी ढकाल कांग्रेसको जनसम्पर्क विभागमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा वरिष्ठ वैदेशिक रोजगार व्यवसायी विमल ढकाललाई नियुक्त गरेका छन् ।

कांग्रेसका नेता समेत रहेका ढकाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत हुन् । काठमाडौंमा लामो समयदेखि वैदेशिक रोजगार व्यवसाय गर्दै आएका ढकाल व्यवसायी र कांग्रेसका कार्यकर्ताबीच लोकप्रिय मानिन्छन् ।

पाल्पा जिल्ला निवासी ढकालसहितका व्यवसायहरूको पहलमा यस पटक वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेस निकटका व्यवसायीहरूले पूरै प्यानलमा जितेका थिए ।

ढकाल नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको कोरोना अनुगमन समितिको सदस्य पनि हुन् ।

Published : Monday, 2020 August 10, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया