दाङबाट कांग्रेसको विभागहरूमा थप तीन जना मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न तीन वटा विभागहरूमा दाङबाट तीन जनालाई मनोनीत गरेका छन् ।

सोमबार विज्ञप्ति जारी विज्ञप्तिअनुसार देउवाले उद्योग व्यापार विभागमा खिमप्रसाद खराल, श्रमिक तथा ट्रेड युनियन विभागमा बमबहादुर डिसी र राज्य प्रशासन विभागमा महादेव शाहलाई मनोनीत गरेका छन् ।

यसअघि, देउवाले विभिन्न दश वटा विभागहरू आइतबार विस्तार गरेका थिए । सोमबार पुनः पाँच वटा विभागहरू गठन गरेका हुन् ।

Published : Monday, 2020 August 10, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया