तरुण अध्यक्ष बस्नेतद्वारा ७७ जिल्लाका अध्यक्षहरूलाई कडा परिपत्र

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ‘अन्तर्राष्ट्रिय युवा दिवस– २०२०’ विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउन देशभरिका तरुणहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष बस्नेतले आइतबार ७७ वटै जिल्लाका तरुण अध्यक्षहरूलाई परिपत्र जारी गर्दै साउन २८ गते युवा दिवस मनाउन निर्देशन दिएका हुन् । उनले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्न सुझाव दिएका छन् ।

‘रचनात्मक एवम् सिर्जनात्मक कार्यक्रमहरू जस्तै सरसफाइ, फलफूल वितरण जस्ता कार्यक्रम गर्नु होला’, उनले भनेका छन्, ‘कोरोना भाइरसको संक्रमणको प्रभावलाई ख्याल गरी सामाजिक दुरी कायम गरेर मात्रै कार्यक्रमहरू गर्न र गराउनु होला ।’

तरुण अध्यक्ष बस्नेतले कार्यक्रम गर्दा अनिर्वाय रुपमा मास्कको प्रयोग र सामाजिक दुरीमा ध्यान दिन अनुरोध गरेका छन् ।

पछिल्लो समय तरुण सक्रिय बन्दै आएको छ । तरुण दलका अध्यक्ष बस्नेतले देशभरिका तरुणहरूलाई हौसला, उर्जा, निर्देशन दिने जस्ता कार्यले संगठन निर्माणमा सहयोग मिलेको चर्चा छ ।

Published : Monday, 2020 August 10, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया