कांग्रेसका सह–महामन्त्री डा.महतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले काठमाडौंको एउटा सामाजिक संस्थामार्फत स्वयंसेविकाहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

सोमबार बिहान डा.महतले टोखा नगरपालिका वडा नं.४ धापासीमा रहेको मानव विकास सेवा समाजमार्फत स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् । उनले मास्क, ग्लोब्स र थर्मलगन हस्तान्तरण गरेका थिए ।

कोरोना महामारीका बेला स्वयंसेविकाहरू जोखिममा पर्ने भएकाले सानो सहयोग रहोस् भनेर स्वास्थ्य सामग्री वितरण गरिएको जनाइएको छ ।

Published : Monday, 2020 August 10, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया