गृहमन्त्रीद्वारा सात जिल्लाका सिडिओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार मन्त्रिस्तरीय निर्णय गरेर ७ सिडिओहरूको सरुवा भएका हुन् ।

सह–प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी, उमेश बस्नेतलाई रौतहट, सन्तबहादुर सुनारलाई दैलेख, हीरादेवी पौडेललाई मुस्ताङ, खिमराज भुसाललाई प्यूठान, ध्रुव गिरीलाई मनाङ र राजकुमार राईलाई रुकुम पूर्वमा सुरुवा गरिएको छ ।

Published : Sunday, 2020 August 9, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया