भारतद्वारा नेपाली सेनालाई आइसीयु भेन्टिलेटर प्रदान

काठमाडौं । कोभिड–१९ विरुद्घ लड्न सहयोग पुर्‍याउने प्रयास अनुरुप भारतीय सेनाले नेपाली सेनालाई दश वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।

सैनिक मुख्यालयमा आइतबार नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले यी भेन्लिेटरहरू नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई प्रदान गरेका हुन् ।

एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरू व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् ।

यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ ।

विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरूको ओसारपसारमा भेन्टिलेटरहरू सहज र उपयोगी छन् ।

Published : Sunday, 2020 August 9, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया