भक्तपुर कांग्रेसद्वारा स्व.कार्कीको स्मरण, कोरोनाका बेला जनताको जीवन बचाउन रक्तदान

बालकोट । नेपाली कांग्रेस भक्तपुरले शिक्षाविद् स्व.श्यामबहादुर कार्कीको १३औँ स्मृति दिवसका अवसरमा रक्तदानसहितका विभिन्न कार्यक्रम गरेर स्मरण गरेको छ ।

शिक्षाविद्, सामाजसेवी, अग्रज व्यक्तित्व पूर्व गाविस अध्यक्ष स्व.कार्कीको १३औं स्मृति दिवसमा शनिबार भक्तपुरको बालकोटमा विभिन्न कार्यक्रम गरेर सम्झना गरिएको नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले जानकारी दिए ।

स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले स्व.श्यामबहादुर कार्कीको १३औँ स्मृतिमा रक्तदान लगायतका कार्यक्रम गरिएको बताए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रममा गरिएको थियो । रक्तदान कार्यक्रममा ९१ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।

भक्तपुर कांग्रेसका सभापति थापाले रक्तदाताहरूलाई प्रमाण पत्र वितरण गरेका थिए । उनले कोरोना महामारीका बेला रक्त अभाव हुन नदिन स्व.श्यामबहादुर कार्कीको स्मृतिका अवसरमा रक्तदान कार्यक्रम गरिएको बताएका छन् ।

सभापति थापाले कोरोनाबाट बच्नका लागि सामाजिक दुरी कायम गरी स्वास्थ्यसम्बन्धी सुरक्षा अपनाउनुपर्ने बताए । उनले सरकारले जनताको जीवन रक्षा गर्नेभन्दा पनि भ्रष्टाचारमा लिप्त भएको बताए । सभापति थापाले मास्क, स्यानिटाइजर, सामाजिक दुरी कायम राख्ने जस्ता कार्यमा ध्यान दिन सबैमा अपील गरेका छन् ।

Published : Saturday, 2020 August 8, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया