कांग्रेसको संगठन विभाग सदस्यमा तरुण दलका पूर्वकार्यबाहक अध्यक्ष तिमिल्सिना मनोनीत

काठमाडौं । नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव जन्मजय तिमिल्सिना नेपाली कांग्रेस संगठन विभागको सदस्यमा मनोनीत भएका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता तिमल्सिनालाई विभागको सदस्यमा मनोनीत गरेका हुन् । तिमिल्सिनाले पछिल्लो समय नेपाली कांग्रेसको संगठन निर्माणमा विशेष भूमिका निभाउँदै आएका थिए ।

नेपाल तरुण दलको कार्यबाहक अध्यक्ष समेत भएर जिम्मेवारी सम्हालेका तिमिल्सिना बर्दिया जिल्लाका लोकप्रिय नेता हुन् ।

संगठन विभागको संयोजकमा नेपाली कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठ रहेका छन् । श्रेष्ठ कांग्रेसमा वरिष्ठ नेता हुन् ।

Published : Saturday, 2020 August 8, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया