गहनापोखरी–हाँडीगाउँमा भाडामा बसेकाहरूमा कोरोना, पूरै टोलमा सिल

काठमाडौं । काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्रका आठ जनामा कोरोना भेटिएपछि टोली नै सिल गरिएको छ ।

एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण भएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको हो । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरू फेला परेपछि सिल गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले आठ जनामा कोरोना भेटिएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्रमा सिल गरिएको जानकारी दिएका छन् ।

संक्रमितहरू नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरू रहेका छन् । गत बिहीबार एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

उनीहरूको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

Published : Saturday, 2020 August 8, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया