काठमाडौं उपत्यकामा ६२ सहित ३७८ जनामा कोरोना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयमा शनिबारको आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरि ३७८ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए ।

डा.गौतमले काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जना कोरोना पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

२४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । कुल निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

७ हजार ७८८ जनाको कोरोनाको नमूना परीक्षण भएको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ ।

डा.गौतमले प्रदेश नम्बर १ मा ४ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ९ सय २९, बागमती प्रदेशमा १ हजार २९ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेको जानकारी दिए ।

प्रदेश नम्बर ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ जना संक्रमित उपचाररत रहेको डा.गौतमले बताएका छन् ।

संक्रमण निको भएर प्रदेशगतरुपमा प्रदेश नम्बर १ बाट ९ सय ४२, प्रदेश नम्बर २ बाट ३ हजार ३ सय २६, बागमती प्रदेशबाट ६ सय र गण्डकी प्रदेशबाट १ हजार ४ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७९, कर्णाली प्रदेशमा १ हजार ८ सय ८७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ३८ गरी आजसम्म १६ हजार ३ सय १३ जना डिस्चार्ज भएका छन् ।

देशभरीका क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार २ सय ४९, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३, बागमती प्रदेशमा ९ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ८ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रदेश नम्बर ५ मा १ हजार ५ सय ४, कर्णाली प्रदेशमा ४ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय २७ जना क्वरेन्टिनमा रहेका छन् ।

Published : Saturday, 2020 August 8, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया