कांग्रेसका युवा नेता खड्काद्वारा लमही आँखा अस्पतालमा स्वास्थ्य सामग्री प्रदान

लमही । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा एवम् कांग्रेसका युवा नेता अनुराग खड्काले दाङको लमहीमा रहेको आँखा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

नेता खड्काले शुक्रबार लमहीमा रहेको आँखा अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएका छन् । उनले पीपीई सेट, मास्क, सेनिटाइजरसहितका सामग्री उपलब्ध गराएका हुन् ।

यसअघि युवा नेता खड्काले कोइलाबास, भालुवाङसहितका स्थानमा रहेका सुरक्षाकर्मीहरूलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

Published : Friday, 2020 August 7, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया