खड्गबहादुर बस्नेतको निधनप्रति कांग्रेस संसीय दलद्वारा शोक व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पूर्वमन्त्री एवम् पूर्वसांसद मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार शोक विज्ञप्ति जारी गरेर पूर्वसांसद बस्नेत र उनको परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।

बस्नेतका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहीबार राति महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । खड्गबहादुर बस्नेतको असामयिक दुःखद् निधनप्रति नेपाली कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको खाँणले जनाएका छ ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनुभएका स्व. खड्गबहादुर बस्नेतले आफ्ना सन्ततीहरूलाई सदैव देश, लोकतन्त्र र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको थियो’, खाँणले भने, ‘उहाँको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ ।’

‘स्व. बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं’, खाँणले भने, ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन तथा आफन्तप्रति नेपाली कांग्रेस संसदीय दल हार्दिक समवेदना प्रकट गर्दछ ।’

Published : Friday, 2020 August 7, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया