कोरोनाले सिंहदरबारभित्र खुट्टाहाल्यो, प्रवक्तालाई संक्रमण

काठमाडौं । प्रतिनिधि सभा संसद सचिवालय सिंहदरबारका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रवक्ता पाण्डेसहित संसद सचिवालयका ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमनका लागि सुदूरपश्चिमसम्म गएको थियो ।

सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । पाण्डेको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

Published : Thursday, 2020 August 6, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया