प्रचण्डकाे घर कुर्न बसेका ६ सुरक्षाकर्मीहरूलाई काेराेना

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाेस्राे वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिएकाे छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।

दाहालकाे घरकाे गेटमा खटिने सेन्ट्रीकाे टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ ।

Published : Thursday, 2020 August 6, 1:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया