सह–महामन्त्री डा.महतले गरे काठमाडौंमै कमाल, दिए कांग्रेसको सदस्यता

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले राप्रपाका ११० जनालाई पार्टी प्रवेश गराएका छन् ।

डा.महतले काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित राप्रपाका नेता कृष्ण पौडेलसहितका नेता तथा कार्यकर्तालाई कांग्रेस प्रवेश गराएका हुन् । पौडेल काठमाडौं महानगरपालिका वडा नं. ३ को राप्रपाबाट वडाध्यक्षका प्रत्यासी पनि हुन् ।

नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ५ का क्षेत्रीय सभापति रमेश खड्काको निवासमा पार्टी प्रवेशको कार्यक्रम भएको थियो ।

कांग्रेसका सह–महामन्त्री डा.महतले पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै सदस्यता दिएका छन् । डा.महतले कांग्रेस प्रवेश गरेका राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा उचित स्थान दिइने बताए ।

डा.महतले अहिलेको सरकार अधिनायकवादको बाटोमा उन्मुख भएकाले नेपाली कांग्रेस बलियो हुँदै गएको बताए । उनले कांग्रेसले मात्रै देश र जनताको रक्षा गर्ने भन्दै अधिनायकवादको अन्त्य गराएर छाड्ने बताएका छन् ।

Published : Wednesday, 2020 August 5, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया