काठमाडौं छिर्ने तीन वटा नाकामा चालीस जनामा कोरोना

काठमाडौं । काठमाडौं उपत्यका छिर्ने तीन वटा नाकामा गरिएको कोरोना भाइरसको नमूना परीक्षणमा चालीस जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

साँगा, फर्पिङ र नागढुंगा नाकाहुँदै काठमाडौं प्रवेश गर्नेहरूको नमूना संकलन गरिएको थियो ।

डा.गौतमले नागढुंगामा ६ हजार ६४, साँगामा ३ हजार ४८२ र फर्पिङमा १ हजार ३०७ जना गरी १० हजार ८५३ जनाको नमूना संकलन गरिएको बताए ।

नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ गरी ४० जनामा कोरोना पुष्टि भएको छ ।

Published : Tuesday, 2020 August 4, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया