काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकामा ६२ जना संक्रमित देखिएको बताए ।

संक्रमितमध्ये काठमाडौंका ४८, ललितपुरका १ र भक्तपुरका १३ जना छन् ।

उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको थियो । सोमबार उपत्यकामा ५१ जना व्यक्तिमा संक्रमण देखिएको थियो । पछिल्लो समय उपत्यकामा संक्रमण बढिरहेको छ ।

उपत्यकामा संक्रमण जोखिम औल्याउँदै मुख्य तीन वटा प्रवेश नाकामा १० हजार जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको छ । सोमबार देशभर भने २ सय ५९ जना संक्रमित थपिएका छन् ।

Published : Tuesday, 2020 August 4, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया