विचौलियाको आरोप लागेकालाई ओलीले च्यापे, दिए ठूलो जिम्मेवारी

काठमाडौं । झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बिचौलियाको आरोप लाग्दै आएका भट्टलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा रहनेछन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीले भट्टको नाम अनुमोदन गर्न बैठकमा प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले व्यवस्थापन, बैंकिङ, इन्जिनियरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा.सरोज कोइरालाको नाम मन्त्रिपरिषदमा पठाएको थियो । भट्टले सबैलाई उछिनेर कार्यकारी निर्देशक पद उछिट्याएका छन् ।

Published : Monday, 2020 August 3, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया