कोरोनाबाट विराटनगरमा वृद्धको मृत्यु

विरानटगर । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

सोमबार बिहान करीव ३ बजे कोशी अस्पतालमा ती वृद्धको मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । मृत्यु हुने विराटनगर महानगरपालिका ५, आदर्श टोलका ७७ वर्षीय पुरुष हुन् ।

उनलाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान ९ बजे कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

सिकिस्त बिरामी भएर अस्पताल आएका ती वृद्धको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको डा.दासले बताए ।

Published : Monday, 2020 August 3, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया