ज्वरो आएका रौतहटका वडाध्यक्षको मृत्यु

रौतहट । रौतहट जिल्लामा एकजना वडाध्यक्षको निधन भएको छ ।

इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको हो ।

दुई सातादेखि ज्वरो, रुधा र खोकी लागेर बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ । तीनदिन पहिले उनको आरडिटी गरिएको थियो ।

Published : Monday, 2020 August 3, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया