गगनले कोरोनाबाट बचाउन सन्देश मुलक पर्चा र मास्क घरघर पठाए, मुर्छा पर्न थाले कम्युनिस्ट

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले जानकारी मुलक सन्देशसहित मास्क घरघर पठाएर कोरोनाबाट बच्न अपील गरेका छन् ।

सांसद थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं. ४ का जनतालाई कोरोनाबाट बच्ने उपायको पर्चासहित केही मास्क घरघर पठाएका छन् ।

उनले कोरोनाबाट बच्न सरसफाइ, बेलाबेला साबुन पानीले हातधुने, मास्क लगाउने, धेरै भिड हुने स्थानमा नजाने लगायतका सूचना मुलक पर्चा क्षेत्र नं. ४ का सबै घरहरूमा पुर्‍याउन शुरु गरेका छन् । थापाले मास्क थाेरै पठाएका छन् । तर, उनले सचेतनाका लागि यस्ताे अभियान चलाएका हुन् ।

कोरोनाबाट आफ्नो क्षेत्रका जनतालाई सचेत गराएर महामारीबाट बचानका लागि थापाले प्रयासहरू गरिरहेका छन् । थापाको यो अभियानबाट आत्तिएका कम्युनिस्टहरूलाई भने टाउको दुःखाइ भएको छ ।

लकडाउनका बेला समस्यामा परेकाहरूलाई सो क्षेत्रमा थापाले यसअघि पनि राहत विरतण गरेका थिए । कांग्रेसका सांसद थापा पछिल्लो समय आफ्नो क्षेत्रमा केन्द्रित रहेर कोरोनाबाट कसरी बच्न सकिन्छ भनेर सर्वसाधारणलाई अनुरोध गर्दै आएका छन् ।

Published : Sunday, 2020 August 2, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया