महामारीका बेला जनता ‘सेक्ने’ कम्युनिस्ट सरकारलाई तरुण अध्यक्षले गराए सचेत

काठमाडौं । झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले कोरोना महामारीका बेला पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा नेपाल तरुण दलले विरोध गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै फिर्ता लिन दवाव दिएका छन् । उनले कोरोना महामारीका बेला जनतालाई राहत र सहुलीयत दिने बेला मूल्य वृद्धि गरेको भन्दै आक्रोश पोखेका हुन् ।

‘कोरोनाका कारण आय आर्जनका गतिविधि ओरोलो लागिरहेको समयमा यसरी बेलाबेलामा हुने पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण दैनिक उपभोग्य सामग्रीको मूल्यमा वृद्धि हुन गई महँगीका कारण आम मानिसको जीवनयापनमा गम्भीर असर पर्ने निश्चित छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘यस्तो समयमा पनि आम मानिसका समस्यामाथि गम्भीर नहुने यस्तो नालायक सरकारको घोर निन्दा गर्दछु’, उनले भने, ‘बढेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि अबिलम्ब फिर्ता गर्न जोडदार माग गर्दछु ।’

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले शनिबार मध्यरातिदेखि लागू हुने गरेर पेट्रोल, मट्टितेल र डिजेलमा दुई–दुई रुपियाँ मूल्य वृद्धि गरेको छ । काठमाडौं उपत्यकामा योसँग डिजेल प्रतिलिटर ९० पुगेको छ । पेट्रोल र मट्टिटेल प्रतिलिटर १०४ रुपियाँ पुगेको छ ।

Published : Sunday, 2020 August 2, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया