काठमाडौंमा कोरोनाको तीब्र प्रभाव, ट्राफिक महाशाखाका एसएसपीसहित सबै क्वारेन्टिनमा
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि एसएसपी ढकालसहितका ट्राफिक प्रहरीहरू क्वारेन्टिनमा बसेका हुन् । शुक्रबार संक्रमण पुष्टि भएका ती दुई ट्राफिकलाई अस्पतालमा भर्ना गरिएको छ ।
बग्गीखानास्थित ट्राफिक महाशाखामा पूर्णलकडाउनको अवस्था छ । एसएसपी ढकालले कोरोना पुष्टि भएकाहरूको सम्पर्कमा आएकाहरूलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिएका छन् । ढकालले आफूले अरुसँग भेटघाट बन्द गरेको बताए ।
महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया