कम्युनिस्टले जितेको तुलसीपुर उप-महानगरपालिकाका हाकिम १४ लाख काण्डमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् ।

उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा आयोगको टंगालबाट खटिगएको टोलीले १४ लाखभन्दा धेरै रकमसहित शुक्रबार पक्राउ गरेको हो ।

सरकारी गाडी बा.२ झ.४०९९ नम्बरलाई चन्द्रागिरी नगरपालिका वडा नं. २, नागढुङा, काठमाडौंमा रोकी चेकजाँच गर्दा उपाध्यायको साथबाट नगद रू.१,२४,७५० र फिक्स डिपोजिट तथा बैंक डिपोजिट रू.१३,२३,६४६ को रसिदहरू गरि कुल जम्मा रू. १४,४८,७९६ (चौध लाख अठ्चालीस हजार तीन सय छयान्नब्बे) बराबरको रकमसहित नियन्त्रणमा लिएको शनिबार आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तुलसीपुर उपमहानगरपालिकामा तत्कालीन एमालेबाट घनश्याम पाण्डेले मेयरमा जितेका छन् । मेयर पाण्डेले राम्रोसँग उपमहानगरपालिकामा काम गर्न नसकेको भनेर गुनासाहरू आइरहेका बेला प्रमुख कार्यकारी अधिकृत उपाध्याय स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ परेका छन् ।

Published : Saturday, 2020 August 1, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया