पताञ्जलिको कृष्णनगर समिति गठन, कांग्रेस केन्द्रीय सदस्य शाह संरक्षक

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगरमा ‘पताञ्जलि याेग कृष्णनगर नगर समिति’ गठन भएको छ ।

रेशमलाल गैरेको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । समितिको संरक्षकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाह रहेका छन् ।

समितिको उपाध्यक्षमा प्रल्हादप्रसाद पाण्डे, सचिवमा युवराज पोखरेल, कोषाध्यक्षमा आरती सिंह, सह–सचिवमा सुरज गुप्ता चयन भएका छन् ।

सदस्यहरूमा गज्जु चौहान, सुनिल सुवेदी, शीतल मल्ल, अमृत गुप्ता तथा सल्लाहकारमा विष्णुप्रसाद गुप्ता, प्रेमचन्द्र मिश्रलगायतका रहेका छन् ।

Published : Saturday, 2020 August 1, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया