कांग्रेसद्वारा बकर ईदको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीहरूको पवित्र पर्व ‘बकर ईद’का अवसरमा शुभकामना दिएका छन् ।

देउवाले शनिबार शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुःख, शान्ति एवम् समृद्धिका लागि शुभकामना प्रकट गरेका हुन् ।

‘बकर ईद’को पवित्र पर्वले नेपाली समाजमा धार्मिक संहिष्णुता र सद्भावना बढाउँदै आएको देउवाले बताएका छन् । ‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु’, उनले भनेका छन् ।

‘लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा इस्लाम धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ’, देउवाले भने, ‘लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरू अझ बढि जिम्मेवार रहनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

‘बकर ईदले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरूमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Saturday, 2020 August 1, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया