यसरी कोरोना रोकथाम हुँदैन

सम्पादकीय

सरकारले कोरोना भाइरसको महामारीबाट जनताको जीवन कसरी बचाउन सक्ला र ? भनेर सर्वसाधारणको मनमा चिन्ता जाग्न थालेको छ । लकडाउन खुलेसँगै कोरोनाको संक्रमण काठमाडौं उपत्यकामा बढेको छ । काठमाडौंका साथै वीरगञ्ज, जनकपुर र राजविराज हटस्पटका रुपमा देखिएका छन् ।

भारतबाट खुला रुपमा मानिसहरू आउन थालेपछि जोखिम बढेको हो । सिमानाबाट आउने अधिकांश व्यक्तिमा कोरोना देखिएको छ । सोही कारण नेपालमा कोरोनाले महामारी लिने खतरा बढेर गएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट लुकेर आउने भारतीय नागरिकहरूका कारण कोरोनाको जोखिम बढेको बताइसकेका छन् ।

भारतमा कोरोनाले अत्याधिक उग्ररुप लिएपछि ज्यान जोगाउन भारतीय नागरिकहरू नेपाल छिरिरहेका छन् । उनीहरूको कोरोना परीक्षणका क्रममा तथ्याङकले त्यही देखाएको छ । भारतीय नागरिकहरूलाई नेपाल प्रवेशमा रोक लगाउनु नै अहिलेको उत्तम बिकल्प हो । त्यसका अलावा अति जोखिम भएका स्थानहरूमा पीसीआर परीक्षणको दायर बढाउनुपर्छ । होइन भने कोरोना समुदायस्तरमा फैलिन सक्छ ।

सरकारले कोरोना समुदायमा फैलिएको छैन भनेर दाबी गरिरहेको छ । तर, स्वास्थ्यका जानकारहरू कोरोना समुदायमा फैलिन शुरु गरिसकेको बताउन थालेका छन् । चाहे जे भए पनि सबैभन्दा ठूलो जोखिम काठमाडौं उपत्यका परेको छ । त्यसपछि वीरगञ्ज, राजविराज रहेका छन् ।

सरकारले छिटोभन्दा छिटो कुनै पनि बिलम्ब नगरी कोरोना रोकथामका उपाय अपनाउनुपर्छ । होइन भने अबको दुई महिनाभित्र कोरोनाले ठूलो रुप लिन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि अबका दुई महिना नेपालमा कोरोनाले ठूलो रुप लिन सक्ने चेतावनी पनि दिइसकेको छ । यो चेतावनीलाई सरकारले ध्यान दिनुपर्छ । सर्वसाधारणहरूले पनि सरकारलाई सहयोग गरिरहेका छन् ।

सरकारले कोरोना रोकथाम र उपचारमा कुनै पनि बहाना बनाएर पन्छिन मिल्दैन । विश्वका अरु देशमा भन्दा नेपालले धेरै गरेको छ भनेर दिइने गफले कोरोना फैलिन रोकिदैन ।

हाम्रो सानो मुलुक छ । यो मुलुकको तुलना अन्य देशहरूसँग गर्नु उचित हुँदैन । जे भएपनि सरकारले अहिलेको तरिकाले काम गर्ने हो भने कोरोना रोकथाम गर्न कुनै पनि हालतमा सकिनेछैन । होइन भने सरकारले आफूलाई सुधार गरेर अगाडि बढ्दा नै उचित हुन्छ ।

Published : Friday, 2020 July 31, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया