वीरगञ्जका मेयरलाई कोरोना, काठमाडौंमा उपचार हुँदै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

काठमाडौंमा गरिएको स्वाब परीक्षणमा ५४ वर्षीय मेयर सरावगीमा कोरोना संक्रमण पुष्टि भएको फेसबुक पेजमार्फत जनाएका छन् ।

उनी गत सोमबार काठमाडौं गएका थिए । बिहीबार बेलुका सरावगीले आफ्नो फेसबुकमा ‘वीरगञ्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु’, उनले भने, ‘म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैलै छिट्टै नै कोरोनालाई जित्नेछु ।’

मेयर सरावगीले काठमाडौंस्थित आफ्नो आपर्टमेन्टमा उपचारको व्यवस्था मिलाएका छन् ।

Published : Thursday, 2020 July 30, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया