नुवाकोट कांग्रेसद्वारा पहिरोपीडितहरूलाई नगद प्रदान

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बाढीपहिरो पीडितहरूलाई नगदसहितको राहत प्रदान गरेका छन् ।

नुवाकोट कांग्रेसको बेलकोटगढी–बिदुर–काठमाडौं सम्पर्क समितिको तर्फबाट बाढीपहिरो पीडितहरूलाई राहत वितरण गरिएको हो ।

नुवाकोट कांग्रेसका सभापति केसीले बोल्कोटगढी नगरपालिका वाडा नं. ५ मा आएको बाढीपहिरो पीडित परिवारलाई ५–५ हजारका दरले नगद सहयोग प्रदान गरेका छन् । उनले पीडित परिवारहरूलाई खाद्यान्न तथा लत्ताकपडा पनि उपलब्ध गराएका छन् ।

बेलकोटगढी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्याम ढुङ्गाना, कोषाध्यक्ष्य पूर्ण गजुरेल, उपाध्यक्ष बद्री थपलिया, उपेन्द्र तिमिल्सिना रकम सहयोग गरेका थिए ।

बिदुर–काठमाडौं सम्पर्क समितिद्वारा मास्क बितरण गरिएको थियो । सेतीदेवी ट्रेड, गार्मेन्ट इण्डस्ट्री प्रालिद्वारा लत्ताकपडाको सहयोग गरेका थिए । कार्यक्रममा पुष्करराज पाण्डे, महेशजङ्ग कुँवरलगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2020 July 30, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया