कालीकोटका बाढीपहिरो पीडितलाई सहयोगका लागि आग्रह

मान्मा । लोकतान्त्रिक गैह्रसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष अशोकनाथ योगी कालीकोट जिल्लामा आएको प्रकृतिक विपत्तिबाट जनधनको क्षति भएको भन्दै चिन्ता जनाएका छन् ।

उपाध्यक्ष योगीले बुधबार विज्ञप्ति जारी गरेर बाढीपहिरोका कारण कालीकोटमा अकल्पनीय घटना भएको बताए । उनले बाढीपहिरो पीडितहरूको उद्धार र राहतका लागि अपील समेत गरेका छन् ।

उनले ज्यान गुमाएकाहरू परिवारजनप्रति समवेदना प्रकट गर्दै योगीले घाइतेहरूको उपचारका लागि सरकारसँग माग गरेका छन् ।

लगातारको वर्षाका कारण बाढीपहिरोका रास्कोट नगरपालिकाको वडा नं. १ र नरहरिनाथ गाउँपालिका ७ मा भएको दुखद् घटनाले मर्माहत बनाएको उनले बताएका छन् ।

उनले विपत्तिमा परेकाहरूलाई सहयोग गर्नुपर्ने सबैको दायित्व रहेको पनि बताएका छन् । उनले पहिरो गएको स्थानमा आवतजावतको समस्या भएको भन्दै हेलिकप्टरमार्फत न्यानोकपडा र प्लाष्टिक, जस्तापाता, खाद्यान्नको व्यवस्था गर्न माग गरेका छन् ।

Published : Thursday, 2020 July 30, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया