कम्युनिस्ट सरकार टाट पल्टिने भएपछि कर उठाउन लकडाउन हटायोः कांग्रेस नेता गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले कर अशुल गर्नका लागि मात्रै कम्युनिस्ट सरकारले लकडाउन हटाएकोे आरोप लगाएका छन् ।

रिपोर्टस क्लव नेपाल दाङ शाखाले तुलसीपुरमा बुधबार आयोजना गरेको साक्षत्कारमा नेता गिरीले मुलुक कोरोनाभाइरसको माहामारीले आक्रान्त बनेको समयमा सरकारले कर उठाउने योजनामा लकडाउनलाई खु्ल्ला गरेको बताएका हुन् ।

गिरीले मुलुकमा अहिले कोरोना माहामारीलाई नियन्त्रण गर्नुपर्ने अवस्थामा सरकार चुकेको बताए ।

कोरोना माहामारीका कारण जर्जर भएको अवस्थामा साना व्यापारीदेखि उद्योगपतिबाट कर असुल गर्न जनताको जीवनसँग खेलवाड गरेको बताए ।

कुनै पैज्ञानिक व्यवस्थापन नगरी लकडाउन खुल्ला गरिएको हुँदा कोरोनाको भयावह अझै आउन सक्ने उनले बताए ।

यस्तो अवस्थामा सबै जनता एकजुट भएर लाग्नुपर्ने समयमा सत्तारुढ दलभित्रै कुर्सीको आन्तरिक विवादमा परेको उनले बताए ।

कम्युनिस्ट सरकार कोरोना माहामारी र भ्रष्टाचार नियन्त्रणमा असफल भएको नेता गिरीले बताएका छन् ।

फरक सिद्धान्तबाट आएका पार्टिले देश लुट्नका लागि मात्र पार्टी एकता गरेको समेत उलने आरोप लगाए । देशमा समृद्धि र विकासका काम नगरेर विभिन्न बहानामा देश लुट्ने मात्र खेल खेलेको नेता गिरीले बताएका छन् ।

कांग्रेस नेता गिरीले पार्टीको १४औँ महाधिवेशन तोकिएकै मितिमा हुने दावी गरेका छन् । पार्टीको कार्यतालिका अनुसार अहिले सक्रिय सदस्यता वितरण प्रणालीमा आफनो बिमती भएको बताए ।

केन्द्रीय कार्यसमितिको संख्याको आधारमा बनाइएको पचास प्रतिशतको मापदण्द गलत भएको नेता गिरीको भनाइ छ । कामको आधारमा सदस्यता पाउनु पर्छ भन्ने मान्यता राखेपनि पचास प्रतिशतको अवधारण ल्याउनु अनुचित भएको बताए ।

Published : Wednesday, 2020 July 29, 11:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया