कांग्रेस नेतृ डा.आरजु राणाद्वारा काठमाडौं तरुणलाई मास्क प्रदान

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद डा.आरज राणाले नेपाल तरुण दलको महानगर समितिलाई मास्क हस्तान्तरण गरेकी छिन् ।

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला डा.राणाले बुधबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा नेपाल तरुण दल काठमाडौं महानगरपालिका कार्यसमितिलाई पाँच हजार मास्क प्रदान गरेकी हुन् ।

नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाहका अनुसार डा.राणाद्वारा प्रदान गरिएको मास्क सर्वसाधारणका साथै कांग्रेसका नेता तथा कार्यकर्तालाई वितरण गरिनेछ ।

यसअघि पनि डा.राणाले विभिन्न जिल्लामा राहतका सामग्री पठाएकी थिइन् । उनले स्वास्थ्य सामग्रीहरू पनि वितरण गर्दै आएकी छिन् ।

Published : Wednesday, 2020 July 29, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया