राप्रपाका शक्तिशाली नेता थापा कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता सुनिलबहादुर थापालाई पार्टी प्रवेश गरेका छन् ।

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा देउवाले पूर्वमन्त्री समेत रहेका थापालाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । थापासँगै राप्रपाका केन्द्रीय नेता र जिल्लास्तरीय नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेशका क्रममा थापाले लोकतान्त्रिक शक्ति कांग्रेसको सिद्धान्त आफूलाई मन परेको बताए । उनले कांग्रेसमा आफू कसैको भाग खोस्न नआएको बताएका छन् ।

पूर्वमन्त्री थापा राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् । थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका छन् ।

थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए ।

Published : Tuesday, 2020 July 28, 5:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया