काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना, जोखिम बढ्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयोजित नियमित पत्रकार सम्मेलनमा काठमाडौं जिल्लामा मात्र ४८ जना संक्रमित भेटिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

ललितपुरमा ४ र भक्तपुरका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्नेहरूको नाकामा नै स्वाब संकलन गर्न थालिएको छ ।

सबैभन्दा धेरै थानकोट नागढुंगा नाकामा २ हजार ९१४ नामको स्वाब संकलन गरिएको छ ।

साँगामा ९४४ र फर्किङ नाकामा ९५३ जनाको स्वाब संकलन गरिएको छ ।

Published : Tuesday, 2020 July 28, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया