यसरी भत्किदै छ पूर्वको कम्युनिस्ट किल्ला खोटाङ, एक हप्ताभित्रै अर्को समूह कांग्रेस प्रवेश

दिक्तेल । नेपाली कांग्रेस खोटाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि चार जना प्रवेश गरेका छन् ।

सोमबार दिक्तेलस्थित वीपी स्मृति भवनमा भएको कार्यक्रममा दिक्तेलका खिला आचार्य, बुना आचार्य, खगेन्द्र आचार्य र दीर्पनारायण आचार्य नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गरेकाहरूले नेकपा जनताको पार्टी कुनैपनि हालतमा हुन नसक्ने बताए । नेकपा सरकारको हावादारी कार्यबाट देशको समृद्धि हुन नसक्ने भन्दै उनीहरूले कांग्रेसप्रति भरोसा जागेर नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

नेकपा परित्याग गरेका उनीहरूलाई कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पार्टीमा प्रवेश गराएका हुन् ।

कार्यक्रममा पूर्व सांसद सरस्वती बजिमय, जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला कार्य समितिका पदाधिकारी, नगर सभापति दुर्गाप्रसाद घिमिरेलगायले पार्टीमा स्वागत गरेका थिए ।

केही दिन अगाडि पनि नेकपाका आधा दर्जन नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई पार्टी सभापति श्रेष्ठले भित्र्याएका थिए ।

खोटाङ जिल्लालाई कम्युनिस्टहरूले आफ्नो किल्ला ठान्छन् । जनताका आधारभुत सेवा पनि गर्न नसकेपछि आजित बनेका नेकपाका नेता तथा कार्यकर्ताहरू पार्टी छाडेर धमाधम कांग्रेस प्रवेश गरिरहेका छन् ।

Published : Tuesday, 2020 July 28, 7:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया