सल्यानमा कम्युनिस्टभित्र पहिरो गयो, पचासभन्दा धेरै युवाहरू कांग्रेसमा प्रवेश

कुपण्डे । नेपाली कांग्रेस सल्यानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेस प्रवेश गरेका छन् ।

आइतबार बनघार कुपिण्डे नगरपालिका वडा नं. ८ ले आयोजना गरेको कार्यक्रममा नेकपाका पचासभन्दा धेरै नेकपाका युवाहरू कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस बनघार कुपिण्डे नगरपालिका वडा नम्बर ८ का ईकाइ सभापति भीमबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका कार्यकर्तालाई भित्र्याइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारी रहेका थिए ।

अतिथिहरूमा शिक्षक संघ सल्यानका जिल्ला अध्यक्ष एकराज बुढाथोकी, बनगार कुपिण्डे नगरपालिकाका उपमेयर पदका प्रत्यासी दीपेन्द्र बिष्ट, कांग्रेस नेता कृष्ण खड्का, शिक्षक संघका नेता सुरेश गाहा र तिलक केसी लगायतको उपस्थिति रहेको थियो ।

नगर प्रमुख अधिकारीले कम्युनिस्टहरूमा सत्ताका कारण बिचलन आएको बताए । उनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिवद्धता कम्युनिस्टहरूले भुलेको बताए ।

कांग्रेस नेता दीपेन्द्र विष्टले कम्युनिस्टको गतिविधि अनौठो रहेको बताए ।

कार्यक्रममा नयाँ शक्ति पार्टीको सल्यान क्षेत्र २ बाट प्रदेश सभाको सांसद पदका उम्मेदवार विमल डाँगी लगायतका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Monday, 2020 July 27, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया