कांग्रेसको खेलकुद विभागले साउन १६ गते सागका स्वर्ण विजेतालाई नगद पुरस्कार दिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले सागगेमका स्वर्ण पदक विजेतहरूलाई नगद पुरस्कारसहित सम्मानको कार्यक्रम राखेको छ ।

कांग्रेसका युवा नेता एवम् विभागका सचिव मीनकृष्ण महर्जनका अनुसार साउन १६ गते शुक्रबार १३औँ सागगेमका स्वर्ण पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ ।

पूर्वमन्त्री समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य तथा विभागका संयोजक मोहनबहादुर बस्नेतको निर्देशनपछि सम्मान कार्यक्रमको तयारी धमाधम भइरहेको सचिव महर्जनले बताए ।

‘नेपालमा भएको १३औँ सागगेममा स्वर्ण पदक हासिल गर्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित नेपाली कांग्रेस सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मान गर्ने कार्यक्रम तय भएको छ’, सचिव महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रम साउनको १६ गते शुक्रबार दिनको १ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

ाएकहप्ता अगाडि विभाग विस्तार हुनुका साथै पदाधिकारी र सदस्यहरूले शपथ लिएका थिए । कांग्रेसले गठन गरेका विभागहरूमध्ये खेलकुद विभाग सबैभन्दा धेरै सक्रिय छ ।

Published : Monday, 2020 July 27, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया