वाराणसीमा नेपालीको टाउको खुइल्याउने पक्राउ, केही व्यक्तिहरू फरार
काठमाडौं । नेपाली व्यक्तिलाई मुण्डन गर्नेहरूलाई भारतको उत्तर प्रदेश प्रहरीले पक्राउ गर्न शुरु गरेको छ ।
वाराणसीमा नेपाली व्यक्तिलाई टाउको मुण्डन गरेको अभियोगमा युपी प्रहरीले सन्तोष पाण्डेय नाम गरेका व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
स्थानीयस्तरमा संगठन चलाएका अरुण पाठकले नेपाली व्यक्तिको टाउकोको कपाल खौराएर आफ्नो फेसबुक पेजमा भिडियो अपलोड गरेको यूपी प्रहरीले जनाएको छ ।
यूपी प्रहरीले नेपालको नाम नलिएर छिमेकी देशविरुद्ध टिकाटिप्पणी गरिएको तथा एक व्यक्तिको टाउकोको कपाल खौराएको विषयमा गम्भीर भएको जनाएको छ ।
वाराणासीको थाना भेलुपुरमा सो विषयमा जाहेरी दर्ता गरेर दोषीलाई कारबाही शुरु गरिएको यूपी प्रहरीद्वारा जारी भिडियोमा उल्लेख छ ।
सो घटनामा संलग्नहरूको पहिचान भएको भन्दै यूपी प्रहरीले फरार रहेका ती व्यक्तिहरूको खोजतलास भएको जनाएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया