चितवनमा प्रचण्डका शक्तिशाली नेता कांग्रेसमा प्रवेश, चकित परिन् रेणु दाहाल

भरतपुर । चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता युवराज गिरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गिरीलाई पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा सदस्यता प्रदान गरेका हुन् ।

भरतपुर उपमहानगरपालिका वडा नम्बर २३, कृष्ण चोक निवासी गिरीले नेकपाले जनतालाई धोका दिएको आरोप लगाउँद नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

श्री सिद्धार्थ माध्यामिक विद्यालय केरुङ्गाका पूर्व प्रधानाध्यापक समेत रहेका गिरीले नेकपाबाट देश चल्न नसक्ने अब कांग्रेस नै एक मात्र बिकल्प रहेको बताएका छन् ।

उनले नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मेयर रेणु दाहालबाट चितवनका विकास हुन नसक्ने बताए ।

चितवन कांग्रेसका सभापति श्रेष्ठले गिरीसहितका नेकपाका थुप्रै साथीहरू कांग्रेसमा प्रवेश गरेको र गर्ने क्रम जारी रहेको बताए । उनले पार्टीमा सबैलाई योग्यता र क्षमताअनुसार जिम्मेवारी दिइने आश्वासन दिएका छन् ।

यसैबीच, चितवन कांग्रेसले आफ्ना क्रियाशील सदस्यलाई सदस्यता बितरणको कार्यलाई तिब्रता दिने भएको छ । त्यसका लागि सम्पूर्ण स्थानीय तहलाई निर्देशन दिएको सभापति श्रेष्ठले बताए ।

चितवन कांग्रेसले साउन ६ गते ३८औं वीपी स्मृति दिवस भब्यताका साथ मनाउने निर्णय समेत गरेको छ ।

सबै स्थानीय तहमा दीप प्रज्वलन, रक्तदान र वृक्षारोपण लगायतका बिभिन्न रचनात्मक कार्यक्रम गरी मनाउन निर्देशन दिइएको सभापति श्रेष्ठले बताए ।

केन्द्रीय परिपत्रअनुसार लोकतानित्रक फोरमलाई सबै स्थानीय तहमा संख्याको आधारमा समायोजन गर्न र क्रियाशील सदस्यता दिन नगर, क्षेत्र तथा गाउँपालिकालाई आग्रह गरेको श्रेष्ठले बताए ।

Published : Friday, 2020 July 17, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया