फलेवासमा तरुणहरूले कम्युनिस्टकाे भ्रष्टाचारविरुद्ध चारतारे झण्डा उठाए

पर्वत । नेपाल तरुण दल फलेवास नगरापलिका वडा नम्बर ५ खानीगाउँ, पर्वतले स्थानीय तहमा भएको विकास र खर्चको हिसाब किताब माग गरेको छ ।

तरुण दल फलेवास ५ कार्यसमितिका अध्यक्ष निर्मल नेपालीसहितका तरुणहरूले वडामा भएको विकास र खर्चको विवरण माग गरेका हुन् । यो वडामा कम्युनिस्टले जितेको छ । कम्युनिस्टहरूले अपारदर्शी काम गरेपछि तरुणहरू जुरमुराएका हुन् ।

शुक्रबार वडा कार्यालय पुगेका तरुण नेताहरूले निरंकुश ढंगले विकासका कार्यक्रम राखेको तथा सोही किसिमले अपारदर्शी खर्च गरेको आरोप लगाएका छन् । उनीहरूले वडासँग आर्थिक वर्ष ०७६–७७ को सम्र्पण खर्च विवरण माग गरेका छन् ।

विवरण सार्वजनिक भएन भने कडा आन्दोलन गर्ने तरुणले चेतावनी दिएको अध्यक्ष नेपालीले बताए ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोभिड–१९ का बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता र भ्रष्टाचार गरेको आरोप लागेका बेला पर्वतका तरुणहरू भ्रष्टाचारविरुद्धको अभियानमा लागेका छन् ।

पर्वत जिल्ला राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको गृहजिल्ला हो । तिमल्सिना तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका थिए ।

प्रतिनिधि सभा र प्रदेश सभामा कम्युनिस्टहरूले जितेका छन् । कम्युनिस्टहरूले जनताको भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित भएर कार्यहरू गरेपछि तरुणले खबरदारी शुरु गरेको छ ।

Published : Friday, 2020 July 17, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया