नेकपाका कार्यकर्तामा देखियो दुईतिहाइको दम्भ, डा.कोइरालाद्वारा कारबाहीको माग

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सांघातिक आक्रमणबाट गम्भीर घाइते केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएका छन् ।

विराटनगरको नोबल अस्पतालमा उपचार गराइरहेका मोरङ कांग्रेसका प्रवक्ता समेत रहेका कार्कीलाई भेटेर डा.कोइरालाले स्वास्थ्यका बारेमा जानकारी दिएका हुन् ।

डा.कोइरालाले नेकपाका नेता तथा कार्यकर्ताहरूमा दुईतिहाइको दम्भ बढेर गएको बताएका छन् ।

उनले सत्ताको आडमा कानून आफ्नो हातमा लिएर आक्रमण गर्नेलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

शुक्रबार नेकपाका कार्यकर्ता एवम् ठेकेदार भवन मल्ल ठकुरीको छुरा प्रहारबाट अध्यक्ष कार्की गम्भीर घाइते भएका थिए ।

कार्कीलाई तत्कालै बिराटनगरस्थित नोवेल अस्पतालमा लगेर उपचार गराइएको छ ।

Published : Friday, 2020 July 17, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया