निधिद्वारा कांग्रेसमा भाँडभैलो मच्चाउँदै, २४ घण्टाभित्रै पौडेल समूहलाई पावर देखाइछाडे

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विभागहरू गठन गरेको भन्दै रामचन्द्र पौडेल समूहले आपत्ति जनाइरहेका बेला उपसभापति विमलेन्द्र निधिले तीन जनालाई नियुक्त गरेका छन् ।

निधिले आफ्नो नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तीन जना सदस्यहरूलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

‘विमलेन्द्र निधिले प्रतिष्ठानमा तीन जना सदस्यहरूलाई निर्देशकमा नियुक्त गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (घ) बमोजिम नीति निर्देशकमा डा.जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा.सूर्य ढुंगेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुंगा)लाई नियुक्त गर्नु भएको हो ।’

यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जीत कर्ण (सप्तरी)लाई निधिले मनोनयन गरेका थिए । कर्ण वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् ।

नियुक्त भएका सबै प्रतिष्ठानको केन्द्रीय सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

निर्देशकहरू तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसंग समन्वय गरी कार्यक्रमहरू गर्न क्षेत्राधिकार तोकिएको कार्यकारी निर्देशक प्रा.पुरुषोत्तम दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर सभापति शेरबहादुर देउवाले निर्वाचन आचार संहिता विपरित विभागहरू गठन गर्नेदेखि क्रियाशील सदस्यता वितरणमा मनोमानी गरेको भन्दै आपत्ति जनाएका थिए ।

पौडेल समूहले सभापति देउवाविरुद्ध उजरी दिएकै अर्को दिन उपसभापति निधिले प्रतिष्ठानमा तीन जनालाई मनोनीत गरेका छन् । निधिले २४ घण्टाभित्र पाैडेल समूहलाई कांग्रेसमा उनीहरू केही पनि हाेइन भनेर पावर देखाइदिएका छन् ।

Published : Friday, 2020 July 17, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया