कांग्रेसको तरुण विभागले काठमाडौंमा कार्यालय खोल्यो, देशभरिका तरुणहरू उत्साहित

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले कार्यालय स्थापना गरेको छ ।

काठमाडौंको महाजारगञ्जस्थित पानीपोखरीमा शुक्रबार बिहान कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका संयोजक शंकर भण्डारीले कार्यालय स्थापना गरेका हुन् । तरुण युवाहरूको उपस्थितिमा भण्डारीले पूजा गरेर कार्यालय स्थापना गरेको जनाइएको छ ।

संयोजक भण्डारीले कार्यालयबाट देशभरिका तरुणहरूलाई क्रियाशील बनाउने बताएका छन् । उनले भने, ‘कार्यालय स्थापना भएको छ । तरुण साथीहरूलाई अब गोलबन्द गर्नेछौँ ।’

बाँकी रहेका सदस्यहरू पनि केही दिनभित्रै मनोनीत गर्ने भण्डारीले बताएका छन् । विभागलाई समावेशी र याेगदान गरेकाहरूलाई समेटिने भण्डारीले बताए ।

यसअघि, खेलकुट विभागले नयाँ बानेश्वरमा आफ्नो कार्यालय स्थापना गरिसकेको छ । नेपाली कांग्रेसका तरुण र खेलकुद विभाग अलिक धेरै सक्रिय छन् ।

Published : Friday, 2020 July 17, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया