कम्युनिस्टले जस्तो आश्वासन होइन एक्सनमा उत्रियो म्याग्दी कांग्रेस, दैलामा पुर्‍यायो राहत

म्याग्दी । नेपाली कांग्रेसले म्याग्दी जिल्लाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ ।

धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङको कल्लेनीबाट विस्थापित भएकाहरूलाई म्याग्दी कांग्रेसले राहत वितण गरेको हो ।

बाढीपहिरोका कारण बाटो भत्किएर आवत जावतमा समस्या भएका बेला कांग्रेसले हेलिकप्टरबाट एक लाख १७ हजार बराबरको सामग्री लगेर वितरण गरेको छ ।

कल्लेनीबाट विस्थापित भएकाहरू ताकमको सिवाङस्थित विद्यालयमा बस्दै आएका छन् ।

म्याग्दी कांग्रेसका सभापति खम्बीर गर्बुजासहितको टोलीले बाढीपहिरो पीडितलाई खाद्यान्न, लत्ताकपडा, तरकारी लगायतका अत्यावसेक सामग्री उपलब्ध गराएका हुन् ।

सहयोग सामग्री हस्तान्तरणका क्रममा सभापति गर्बुजाले धवलागिरी– ६ मराङ र मालिका गाउँपालिकाको वडा नम्बर ७ बिमका बाढीपहिरो पीडितलाई राहतसहित पार्टीमार्फत पुनर्स्थापना अभियानलाई सहयोग गर्ने बताएका छन् ।

कल्लेनीबाट विस्थापित भएका करीव ७० जनालाई अस्थायी बसोबासमा भइरहेको व्यवस्था लगायतका बारेमा समेत जानकारी लिइएको छ ।

राहत वितरण गर्न म्याग्दी कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मी, सह–सचिव भरत रकाल, महिला संघीकी अध्यक्ष विमल गौचनलगायतको उपस्थिति रहेको थियो ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले पनि खाद्यासहितको सामग्री हस्तान्तरण गरेको छ ।

नेविसंघका अध्यष निर्मल खत्रीसहितको टोलीले पहिरोस्थलमा पुगेर राहत वितरण गरेको सुजाता खत्रीले जानकारी दिएकी छिन् ।

कम्युनिस्टले आश्वासन मात्रै दिएर बेपत्ता भएका घटनाहरू भइरहेका बेला म्याग्दी कांग्रेसले पीडितहरूलाई थोरै भए पनि विपतका बेला सहयोग गरेर घाउमा मलहम लगाउने प्रयास गरेको छ ।

Published : Friday, 2020 July 17, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया