निधिका कारण देउवा कमजाेर, कोइराला परिवारले पौडेललाई ‘बलिको बोका’ बनाए

काठमाडौं । कोरोनाको महामारीका बेला नेपाली कांग्रेसले आफ्नो १४औँ महाधिवेशन समयमा गर्ने जनाइरहेका बेला सभापतिका लागि विभिन्न आकंक्षीहरू देखिएका छन् ।

केन्द्रीय समितिको गत पुस ११ गते बसेको बैठकले २०७७ साल फाुगन ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिबेशन गर्ने निर्णय गरेको छ ।

२०७७ साल फागुनमा संभव नभए २०७८ साल भदौभित्रमा महाधिबेशन हुने निश्चित देखिएको छ । महाधिवेशनलाई ध्यानमा राखेर कांग्रेसका विभागहरू धमाधम गठन भइरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारहरूले विभाग गठन गर्न नहुने भनेर दवाव सिर्जना गरिरहेका छन् ।

कोइराला परिवारले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार दिने तयारी गरेको छ । महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सभापतिका लागि आशंक्षा देखाएका छन् । केन्द्रीय सदस्य सुजाता कोइराला भने सभापतिको दौडमा देखिएकी छैनिन् ।

कोइराला परिवारबाट डा.शेखर कोइराला अगाडि देखिएका छन् । डा.शेखर कोइराला अन्य कोइरालाहरूभन्दा लोकप्रिय मानिन्छन् । डा.शेखर कोइरालाले नै सभापति शेरबहादुर देउवालाई टक्कर दिँदै आएका छन् ।

तर, वीपी कोइरालाका कान्छा छोरा डा.शशांक कोइराला पनि सभापतिमा उठ्ने संकेत दिइसकेका छन् । डा.शशांक कोइरालाको ग्रिन सिग्नल भएन भने डा.शशांक कोइरालालाई सभापतिमा उम्मेदवार बनेर जित्न समस्या पर्नेछ ।

कोइराला परिवारले सहमतिमा सभापतिमा उम्मेदवार दियो भने जित्ने पक्का जस्तै हुनेछ । कोइरालाका दुई भाईबाट कसको उम्मेदवारी आउने हो स्पष्ट भइसकेको छैन ।

सभापतिमा उम्मेदवारको आकंक्षीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि रहेका छन् । पौडेललाई कोइराला परिवारले बेलाबेला प्रयोग गरेपनि सभापतिमा सहयोग गर्नेमा धेरैले आशंका गरेका छन् ।

सभापतिका अर्का आकंक्षी कृष्णप्रसाद सिटौला पनि रहेका छन् । १३औँ महाधिवेशनमा टिम बनाएर सभापतिमा उम्मेदवारी दिएका सिटौलाले १४औँ महाधिवेशनमा आफ्नो प्रभुत्वलाई स्थापित गर्न पनि टिम बनाएर उम्मेदवारी दिने धेरैको अनुमान छ ।

लौह पुरुष स्व.गणेशमान सिंहका छोरा प्रकाशमान सिंहपनि सभापतिका आकंक्षी हुन् । यस पटक सिंहले आफूलाई सभापतिबाट ब्याक गराउने पक्षमा छैनन् ।

सभापति बन्ने दाउँमा उपसभापति विमलेन्द्र निधि पनि छन् । स्व.महेन्द्रनारायण निधीका छोरा विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई जालझेल गरेर रोकेर सभापतिमा उम्मेदवार बन्ने योजनामा छन् । सोही योजनाअनुसार निधिले गतिविधि गर्दै आएको आरोप छ ।

१४औँ महाधिवेशनमा धेरैले सभापतिमा आकांक्षा देखाएपनि सभापति देउवा पनि बलियो उम्मेदवार हुन् । कोइराला, पौडेल, सिटौला र सिंहलगायतका नेताहरू मिलेर सभापतिमा एउटा उम्मेदवार दिए भने उनीहरूको पक्षमा पल्लाभारी हुनेछ । तर, उनीहरूका बीचमा सहमति भएन भने देउवाले जित्ने पक्का जस्तै छ ।

सभापति देउवा अलोकप्रिय भएको ठहर कोइराला–पौडेलहरूको छ । त्यसको फाइदा १४औँ महाधिवेशनमा उठाउने तयारीमा कोइराला–पौडेलहरू छन् ।

Published : Friday, 2020 July 17, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया