प्रचण्डको कोरोनाको परीक्षण गरिने, क्वारेन्टिनमा राख्न माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोरोना भाइरसको नमूना परीक्षण गरिने भएको छ ।

शुक्रबार चितवनस्थित निर्वाचन क्षेत्र चितवन पुगेका दाहाल सोमबार बिहान काठमाडौं फर्किदैछन् । सामाजिक दुरी कायम नगरी चितवनमा कार्यकर्ताहरू भेटेकाले प्रचण्डलाइ क्वारेन्टिनमा राखेर नमूना परीक्षणकाे माग उठेकाे हाे ।

काठमाडौ फर्केलगतै उनको कोरोना परीक्षण गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

प्रचण्डले चितवनमा धेरै मानिसहरूसँग भेटघाट गरेका थिए । चितवनमा कोरोना भाइरसको महामारी फैलिएको छ ।

महामारी फैलिएको क्षेत्रबाट फर्केका कारण उनको स्वास्थय परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अबस्था कमजोर रहेको र प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग पनि नियमित भेटघाट गर्नुपर्ने भएका कारण उनको स्वास्थ्य परीक्षण गर्न लागिएको स्रोतले जनाएको छ ।

उनीमाथी कोरोनाको संक्रमण देखिए राज्यका माथिल्लो तहमा सर्ने आशंकाले स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

प्रचण्डले केही समयअघि कोरोनाको पीसिआर परीक्षण गरेका थिए ।

चितवनमा सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमित हुन सक्ने आशंकामा परीक्षण गर्न लागिएको जनाइएको छ ।

केही समयअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल कोरोनाको आशंकामा आइसोलेशनमा बसेका थिए ।

उनको रिपोट नेगेटिभ आएपछि आइसोलेशनबाट बाहिर आएका थिए ।

नेकपा नेता भीम रावलका सुरक्षा गार्डलाई कोरोना देखिएपछि नेकपाको स्थायी समिति बैठक स्थगित गरिएको थियो ।

Published : Monday, 2020 July 13, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया