कांग्रेसका युवा नेता मल्लद्वारा पर्वतमा गरे देशभरिकै उत्कृष्ट कार्य, सानेपामा पुग्याे कुरा

जलजला । नेपाली कांग्रेसका युवा नेता एवम् पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले शनिबार पनि राहत वितरण गरेका छन् ।

विभिन्न संघ संस्थाको सहयोगमा अध्यक्ष मल्लले शनिबार जलजला गाउँपालिकाको धाइरिङका तीन सय परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।

शुक्रबारदेखि राहत वितरण शुरु गरेका अध्यक्ष मल्लले धारिङका करीव ३ सय अति विपन्न परिवारलाई चामल एक बोरा, तेल, नुनसहितका सामग्री राहत स्वरुप वितरण गरेका हुन् ।

उनले ठूलो ट्रकमा खाद्यान्न सामग्रीहरू लिएर गाउँ आइपुगको छन् । कांग्रेस नेता मल्लले जलजलाका ८ सय परिवारलाई खाद्यान्न वितण गर्ने जनाएका छन् ।

जलजला गाउँपालिकाका वाड नम्बर २, ४, ५ र ७ का करीव ८ सय अति विपन्न परिवारलाई अध्यक्ष मल्लले ३० लाख बराबरको राहत वितरण गर्दै छन् ।

यसअघि, पनि अध्यक्ष मल्लले पर्वत जिल्लाका साथै आफ्नो गाउँपालिका जलजलामा खाद्यान्न र स्वास्थ्य सामग्रीहरू वितरण गरेका थिए ।

कांग्रेस नेता एवम् ।अध्यक्ष मल्लले गरेका सामाजिक कार्यहरूको बारेमा कांग्रेसको पार्टी मुख्यालय सानेपामा समेत चर्चा भएको छ ।

 

Published : Saturday, 2020 July 11, 11:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया