कांग्रेस सभापति बस्नेत चामलकाे बाेरा बाेकेर सिन्धुपाल्चोकमा, पहिराेपीडितलाई प्रदान

बाह्रबिसे । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतले जम्बु र खागदलका बाढीपहिरो पीडितहरूलाई खाद्यान्न वितरण गरेका छन् ।

क्षेत्रीय सभापति बस्नेतले ४३ घरपरिवार बाढीपहिरो पीडितहरूलाई शनिबार व्यक्तिगत खर्चमा निःशुल्क खाद्यान्न वितरण गरेका हुन् ।

बुधबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५ स्थित जम्बु र खागदलमा बाढीपहिरो जाँदा सयौँ सर्वसाधारण प्रभावित भएका थिए ।

क्षेत्र नम्बर १ का सभापति बस्नेतले व्यक्तिगत खर्चमा ४३ घरपरिवारलाई खाद्यान्न वितरण गरेको कांग्रेसले जनाएको छ ।

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई सभापति बस्नेतले आर्थिक सहयोग समेत गर्ने घोषणा गरेका छन् । बस्नेतले बुधबारको विपत्तिलाई कांग्रेसले अत्यन्तै दुखद् रुपमा लिएको बताए ।

सभापति बस्नेतले बाढीपहिरो पीडित परिवारलाई एक बोहोरा चामल, दुई किलो दाल, चिनी, चिउरा लगायत खाद्य सामग्री वितरणको गरेका छन् ।

सभापति बस्नेत स्थानीय युवा तथा तरुणहरूसँग खाद्य सामग्री बोकेर वितरण गर्न पुगेका थिए ।

यसअघि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत आफै बाढीपहिरो गएको स्थानमा खटिएर उद्धारमा संलग्न भएका थिए । नेता बस्नेतले हेलिकप्टरबाट बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई उद्धार गरेर काठमाडौं ल्याइ उपचार गराएका थिए ।

Published : Saturday, 2020 July 11, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया